सडक सुरक्षाका बारेमा जनचेतना जगाउँदै रोयल इन्फिल्ड राइडरहरूको कार्यक्रम ‘वान राइड’

सडक सुरक्षाका बारेमा जनचेतना जगाउँदै रोयल इन्फिल्ड राइडरहरूको कार्यक्रम ‘वान राइड’

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । रोयल इन्फिल्ड राइडरहरूको कार्यक्रम ‘वान राइड’ ले सडक सुरक्षाका बारेमा जनचेतना जगाउँदै यात्रा गरेका छन् । नक्सालस्थित शोरुमबाट प्रारम्भ गरेको यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कार्यहरु समेत हुने अल्फा अटोमोटिभले जनाएको छ ।

राइडरहरूले नक्साल, दरबारमार्ग, थापाथली, जावलाखेल, लगनखेल, सातदोबाटो हुँदै गोदावरीसम्म यात्रा गरेका छन् । टोलीमा करिब १२५ राइडर सम्मिलित छन् । नेपालका विभिन्न सहरमा भएका रोयल इन्फिल्ड राइडरहरू यो कार्यक्रममा सरिक भएका छन् । यसका साथै विश्वभर वान राइड कार्यक्रम आयोजना भइरहेको रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले बताए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना भएको हो । यसरी शुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठूलो राइडमा गणना हुन थालेको छ । वार्षिक रूपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठूलो कार्यक्रम मानिन्छ ।

Logo