आज सेयर बजारमा भारी अंकको गिरावट

आज सेयर बजारमा भारी अंकको गिरावट

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । आज साताको कारोबारको तेस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ को विन्दुमा झरेको हाे‍ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अङ्कले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त आठ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर सात दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड चार दशमलव ८५, इन्ग्वा हाइड्रोपावर चार दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् ।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स आठ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले सात दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

Logo