सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली सप्तरीको तिलाठी कोईलाडीमा, ९०३ जनाले गराए निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली सप्तरीको तिलाठी कोईलाडीमा, ९०३ जनाले गराए निःशुल्क उपचार

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार स्वास्थ्य शिविरमा ९०३ जनाले निःशुल्क सेवा लिएका छन् । शिविरमा आएका बिरामीमध्ये ८३ जनाको ईसीजी, ८१ जनाको ल्याब परीक्षण, १७३ जनाको युएसजी, २३ जनाको इको गरिएको छ । त्यस्तै ६० जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

सांसद डा. शर्माको पहलमा केएमसी र नोबेलको टोलीले यसअघि सर्लाहीको रामपुर, बलरा नगरपालिका, कौडेना गाउँपालिका र सप्तरीकाे बोदेबरसाइन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । हजारौंले स्वास्थ्य सेवा लिएका छन् । यी दुई अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

Skip This
Skip This
Logo