किशनलाल दुगड ‘जैन समाज रत्न’ सम्मानबाट सम्मानित

किशनलाल दुगड ‘जैन समाज रत्न’ सम्मानबाट सम्मानित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । के.एल. दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ । भारतको मुम्बईमा आयाेजित एक भव्य कार्यक्रमबीच दुगडलाई सम्मानित गरिएकाे हाे ।

यो सम्मान भारतको लोकसभाका सभामुख ओम बिरलाले प्रदान गरेका थिए । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुन् । कार्यक्रममा लोकसभाका सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुड लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ । सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।

Logo