कपाल र आत्मविश्वासको उत्सव मनाउन सनसिल्कले ल्यायाे ‘सनसिल्क भाइब्स’ अभियान

कपाल र आत्मविश्वासको उत्सव मनाउन सनसिल्कले ल्यायाे ‘सनसिल्क भाइब्स’ अभियान

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । विगत तीन वर्षदेखि सफल भइरहेको सनसिल्क दसैँ भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै सनसिल्कले अब यस अभियानलाई नयाँ सनसिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको छ । यो अभियान मंसिरसम्म चल्ने छ ।

कम्पनीको उक्त अभियानमा सहभागीहरूले केवल दसैँको उत्सवका क्षणहरू मात्र नभई दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन्, जसले सनसिल्कको सारलाई झल्काउँछ । यसले सहभागीहरूलाई आफ्ना विशेष क्षणहरू– चाडपर्व होस् या दैनिकी–सामाजिक सञ्जालमा शेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुनेछ ।

नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सनसिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्ने कम्पनीको भनाइ छ ।

साथै, सनसिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्ने बताइएको छ ।

उक्त अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सनसिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएन्सरहरूले आफ्नो भाइब्स देखाउँछन् । उनीहरूको भाइब्समा रमाइलो, बोल्ड, सिल्क, चाडपर्वमय र आकर्षक कपालका शैलीहरू प्रस्तुत गरिएको छ । सनसिल्क भाइब्सले यी सबै क्षणहरूको सार समेट्छ, किनकि भाइब्स हरेक दिन, हरेक ठाउँमा हुन्छन् ।

कम्पनीका अनुसार प्रतिस्पर्धामा भाग लिनका लागि सनसिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम/फेसबुक रिल्स बनाई आफ्नो सनसिल्क स्टाइल र व्यक्तित्व देखाउनुपर्नेछ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो, जसले उनीहरूलाई नेपालभरका युवतीहरूका लागि प्रेरणाको स्रोत बनाउन मद्दत पुर्‍याओस् ।

सनसिल्क भाइब्सले प्रत्येक दिनका साधारण क्षणहरूमा पनि उत्सव देखाउँछ, जहाँ कपालको सौन्दर्यले युवतीहरूको आत्मविश्वास झल्काउँछ ।

Logo