असोज १६ गतेदेखि चितवनमा अटो एक्स्पो आयोजना हुने

असोज १६ गतेदेखि चितवनमा अटो एक्स्पो आयोजना हुने

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । चितवन अटोमोबाइल डिलर्स एशोसिएशन (काडा)को आयोजनामा काडा अटो एक्स्पो २०८१ हुने भएको छ । असोज १६ देखि १९ गते सम्म चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदर्शनी केन्दमा सो एक्स्पो हुने भएको हो ।

काडाका अध्यक्ष राजन पियाका अनुसार अटोमोबाइल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ सो एक्सपोको आयोजना गर्न लागिएको हो। मेलामा साना ठुला गरी २१ ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनहरुको स्टल रहनेछन् भने जिप र माइक्रोको करिव पाँच वटा स्टल र प्रदशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु रहने छन् ।

फाइनान्स तथा इन्स्योरेन्स कम्पनीहरुको समेत सहभागिता हुने मेलामा करिव ४० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्किम तथा छुटको व्यवस्था समेत गरिएको अध्यक्ष पियाले जानकारी दिए ।

Logo