भारतीय बजारमा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट, के छन् विशेषता ?

भारतीय बजारमा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट, के छन् विशेषता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको फेसलिफ्ट संस्करण लन्च गर्ने भएको छ । अक्टोबर ४ मा लन्च गर्ने तयारीमा कम्पनी जुटेको हो ।

रिपोर्टका अनुसार निसान म्याग्नाइटको फेसलिफ्ट संस्करणमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ । तर, इन्जिनमा परिवर्तन हुने सम्भावना भने कम छ । यसको अगाडिको बम्पर, हेडलाइट, टेललाइट र ग्रिल परिवर्तन हुनेछ साथै पछाडिको बम्पर र अलोय ह्विलमा पनि परिवर्तन गरी यसलाई नयाँ रुप दिने सम्भावना छ । सो एसयूभीको इन्टेरियर पनि परिवर्तन हुने बताइएको छ ।

यसको फेसलिफ्ट संस्करणमा २० भन्दा बढी फस्ट सेगमेन्ट फिचरका साथै ५५ भन्दा बढी सेफ्टी फिचर प्रदान गरिनेछ । यसको मूल्य ६ लाख भारुदेखि सुरु हुनेछ तर फेसलिफ्ट भर्सनको मूल्य ४० देखि ५० हजार भारुसम्म बढाउन सकिनेछ । सो एसयूभीको बुकिङ डिलरशिपमा अफलाइन र वेबसाइटमा अनलाइन सुरु भइसकेकाले डेलिभरी अक्टोबर ५ बाट नै सुरु हुने कम्पनीले जनाएको छ ।

Logo