‘सारेगमप लिल च्याम्प्स -२’को भोटिङ अब खल्तीबाट गर्न सकिने

‘सारेगमप लिल च्याम्प्स -२’को भोटिङ अब खल्तीबाट गर्न सकिने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । विभिन्न युवामैत्री मनोरञ्जन र शाेहरूमा टिकेटिङ र भोटिङमा अग्रणी रहेको ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिभ भोटिङ पार्टनर बनेको छ ।

यस संस्करणमा खल्ती प्रयोगकर्ताले आफूलाई मनपर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एपमार्फत सजिलै भोट गर्न सक्नेछन् । बालबालिकाको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो ।

पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शो को एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेस फोर के र डोको प्लेटफर्म मार्फत प्रसारण हुनेछ । यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहने घोषणा गरिएको छ ।

सारेगमपका प्रोजेक्ट प्रमुख विपिन कुमारले खल्तीसँगको यस सहकार्यले दर्शकलाई पहिले भन्दा अझ सशक्त बनाएको बताए । शाे, प्रतियोगी र गायन कलाका प्रशंसकले अझ सरल तरिकाले भोटिङ गर्न पाउने यस व्यवस्थाले प्रतियोगीको भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्ने, दर्शकमाझ सहभागिता र सम्बन्ध विस्तार गर्नका निम्ति खल्ती सँग एक नयाँ डिजिटल दृष्टिकोण ल्याएको उनी बताउँछन् ।

यसैगरी खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हालसम्म सयौँ कार्यक्रमको लागि खल्ती भोटिङ प्ल्याटफर्म प्रदान गर्दै आइरहेको बताए । सारेगमप सँगको यस सहकार्यमा ‘सारेगमप लिल च्याम्प्स सिजनन २’ मा भोटिङ सुविधा उपलब्ध रहेकाले अब खल्ती प्रयोगकर्ताले आफू जहाँ भए पनि आफ्नो मनपर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्ने उनले जानकारी दिए ।

आगामी दिनमा धेरैभन्दा धेरै सो र कार्यक्रमलाई यो प्ल्याटफर्मको सुविधा दिने उनको भनाई छ । आईएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै विट्सा ग्लोबल इनोभेसन र टेक उत्कृष्टता पुरस्कार २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र डिजिटल कारोबारमा पुर्याएको उल्लेखनीय योगदानको कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको ८ औँ वर्षमा छ ।

खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ता, १ लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट व्यवसायी, ५५ बढी बैंक तथा वित्तीय संस्था, १५ सय बढी सहकारी र ३ बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।

Logo