आज कुन तरकारी र फलफूलको मूल्य कति ?

आज कुन तरकारी र फलफूलको मूल्य कति ?

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । रायोको साग प्रतिकेजी १० रुपैयाँले घटेर १४० रुपैयाँ, बरेला १४० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र ब्रोकाउली १६० रुपैयाँ रहेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी ३० रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने सुकेको खुर्सानी ४३० रुपैयाँ नै कायम छ । फुजी स्याउ ३००, केरा १४० र अनार ३३० रुपैयाँ तोकिएको छ ।

Logo