खानेपानीमन्त्रीलाई हर्क साम्पाङको पत्रः लौन सरकार खत्रा लाग्नुपर्‍यो, सेवा ढोग गरेँ फेरि पनि

खानेपानीमन्त्रीलाई हर्क साम्पाङको पत्रः लौन सरकार खत्रा लाग्नुपर्‍यो, सेवा ढोग गरेँ फेरि पनि

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले धरानको फोहोर जंगलमा फाल्नुपर्ने बाध्यता भएको भन्दै फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै खानेपानी मन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेका छन् ।

वर्षाको बेला फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको र सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गरेको मेयरको भनाइ छ ।

उनले बोलीचालीकै भाषामा लेखेका छन्, ‘वर्षाको बेला फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको र सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गरेको छ भने घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरू आएर भत्काइदिन्छन् । धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनुपर्‍यो ।’

मेयर राईका अनुसार फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको उनको भनाइ छ । उनले अगाडि भनेका छन्, ‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवासुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रियामाथि प्रक्रिया अध्ययन नै अध्ययन मात्रै चाहिएको छ ।’

साथै उनले ‘लौन सरकार खत्रा लाग्नुपर्‍यो । सेवा ढोग गरेँ फेरि पनि’ भन्दै बोलीचालीकै भाषामा पत्र टुंग्याएका छन् ।

Skip This
Skip This
Logo