दशैंभरी सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर पनि खुल्ने

दशैंभरी सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर पनि खुल्ने

केन्द्रबिन्दु
98
Shares

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्ना फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ ।

साथै टाटा मोटर्सले आफ्ना देशभरका सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ।

बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुने छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।

रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

Logo