सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ ।

देशले यही आश्विन १० देखि १२ गतेसम्म देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नुपरेकोले यस दुःखद् घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनः स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ ।

Logo