घलेम्दी हाइड्रोको आईपिओ खुल्यो

घलेम्दी हाइड्रोको आईपिओ खुल्यो

केन्द्रबिन्दु
0
Shares

घलेम्दी हाइड्रोले बिहिबार (आज) देखि आईपिओ बिक्रि खुला गरेको छ  । कम्पनीले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

यस अघि कम्पनीले असार २२ गतेदेखि म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । तर स्थानीयले केवल ९४ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका थिए। कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको १४ करोड ७८ लाख ७ सय ७० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले छिटोमा पुस २३ र ढिलोमा माघ १८ गतेसम्म आएव्दन दिन सक्ने छन् । आवेदन दिदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने बिकी प्रबन्धक भिभोर क्यापिटलले जनाएको छ   ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  ।

Logo