जुत्ता चप्पल मेलामा बढ्दो आकर्षण (भिडियोसहित)

जुत्ता चप्पल मेलामा बढ्दो आकर्षण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा जारी जुत्ता चप्पल मेलामा अवलोकनकर्ता तथा ग्राहकहरुको भिड लागेको आयोजकले जनाएको छ । “राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने मूलनाराका साथ जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलामा जुत्ता चप्पलप्रति बढ्दो आकर्षण छ ।

विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको छ । मेलामा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पलहरु राखिएको छ ।

 

Logo