चिनी उद्योग अत्याधिक घाटामा, चिनीको यथार्तपरक मूल्य तोक्न आग्रह

चिनी उद्योग अत्याधिक घाटामा, चिनीको यथार्तपरक मूल्य तोक्न आग्रह

केन्द्रबिन्दु
0
Shares

चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन ।

नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशीकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाएका छन् ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले चिनीको यथार्थपरक मूल्य नतोक्ने हो भने उखु कृषकहरुको बक्यौता रकम तीर्न नसक्ने पनि स्पष्ट पारे ।

उखु किसानहरुको बक्यौता रकम तीर्न संसदीय समितिले पटक–पटक चिनी उद्योगहहरुलाई सचेत गराउँदै आएको छ । तर महासंघका अध्यक्ष अग्रवालले चिनी घाटामा बिक्री गर्नु परेकाले किसानहरुको बक्यौता रकम दिन नसकिने बताए ।

सरकारले प्रतिकेजी चिनीको मूल्य ५५ रुपैँया तोकिदिएको छ । अध्यक्ष अग्रवालले सोही मूल्यमा चिनी विक्री गर्दा आफूहरु मारमा परेको पनि स्पष्ट पारे । उनले प्रतिकेजी चिनीको उत्पादन लागत नै ५५ रुपैयाभन्दा बढि पर्न जाने भन्दै तत्काल चिनीको मूल्य यथार्थपरक बनाउन पनि सरकारसँग माग गरे ।

महासंघले चिनीको बैज्ञानिक मूल्य निर्धारण गर्न स्थलगत अध्ययनमा जान पनि समितिलाई आग्रह गरेको छ । अध्यक्ष अग्रवालले चिनीको मूल्यमा पुनर्विचार नभए यसको उद्योग संचालन गर्न नसकिने पनि स्पष्ट पारे ।

Logo