काठमाडौँ

सवारी तथा सवारीजन्य वस्तुको प्रदर्शनी आगामी भदौ अन्तिम साता हुने भएको छ । "/>

नाडा अटो शो भदौ अन्तिम साता देखि हुने

नाडा अटो शो भदौ अन्तिम साता देखि हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सवारी तथा सवारीजन्य वस्तुको प्रदर्शनी आगामी भदौ अन्तिम साता हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने अटो शो भदौ २६ देखि ३१ गते सम्म हुने भएको हो ।

राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने उक्त अटो शोमा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ । नाडाले प्रत्येक वर्ष अटो शो आयोजना गर्दै आएको छ । यो वर्षको अटो शो भदौ अन्तिम साता देखि गर्ने निर्णय नाडाको कार्यसमितिले गरेको नाडाका सीईओ सुरेन्द्र प्रधानले जानकारी दिए ।

अटो शोमा नेपालमा अवस्थित सबै ब्राण्डका चार पांग्रे, दुईपांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरुको प्रदर्शनी हुने प्रधानको भनाइ छ । विगतमा जस्तै यो वर्ष हुने मेलामा पनि सवारीका साथसाथै बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स्, लुब्रिकेन्ट्स लगायतका स्टलहरु पनि रहनेछन् । यो पटकको अटो शोमा हेवी इक्युपमेन्ट तथा कर्मसियल सवारी भने समावेश हुने छैन ।

१९ वटा गाडी, मोटरसाइकलको २० स्टल, स्पेयर पार्टस्को, एसोसिरिज लगायतको ५० वटा स्टल हुने छन् । बैंक वित्तीय संस्था लगायत सबै गरेर अटो शोमा करिब १ सय १३ वटा स्टलहरु रहनेछन् ।

Logo