काठमाडौँ

नेपाल आयल निगममा बोनस बाँड्न छुट्टयाएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ । "/>

आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब जम्मा

आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब जम्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल आयल निगममा बोनस बाँड्न छुट्टयाएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ । सरकारले गत तीन आर्थिकवर्ष देखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्टयाउन छाडेको छैन ।

निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७३/७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षण प्रतिवेदन पारित गरेसँगै कर्मचारी बोनस शीर्षकमा जम्मा रकम दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ जम्मा हुन पुगेको हो । इन्धन कारोबारमा एकाधिकार पाएको निगमले खुद मुनाफाबाट बोनस शीर्षकमा रकम विनियोजन गर्दै आएको छ । बोनस रकम विनियोजन गरे पनि वितरण भने गरेको छैन । उपभोक्तासँग पेट्रोलियम पदार्थमा चर्को मूल्य असुलेर निगमले नाफा कमाएको हो ।

निगम नाफामा गएपछि आर्थिक वर्ष ०७२/७३ मा एक अर्ब २६ करोड ३६ लाख र ०७१/ ७२ मा ९० करोड रुपैयाँ बोनस रकम छुट्टयाएको थियो । करिब ३६ अर्ब रुपैयाँ घाटामा गएको निगम आव ०७१, ७२ मा नाफामा गएपछि बोनस बाँड्ने तयारी गर्दा चौतर्फी आलोचना भएको थियो । त्यसपछि बोनस वितरण गर्न रोकिएको थियो । त्यसयता निगमले वासलातमा बोनस रकम शीर्षकमा रकम थप्दै आएको छ ।

सरकारी नियम अनुसार बातसालमा बोनस शीर्षकमा रकम विनियोजन गरे पनि वितरण नगरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । ‘बोनस रकम छुट्टयाए पनि वितरण नगर्ने निर्णय सञ्चालक समितिले गरेको छ,’ उनले भने, ‘बासलातमा राख्नु पर्ने भएकाले राखेका हौं ।’
नागरिकबाट

Logo