यसरी गरियो पञ्चकन्या माईको आइपिओ बाँडफाँड

यसरी गरियो पञ्चकन्या माईको आइपिओ बाँडफाँड

केन्द्रबिन्दु
0
Shares

पञ्चकन्या माई हाइड्रोपावरको आईपिओ आज (शुक्रबार) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

आवेदन दिने एक लाख ४६ हजार ३८९ जनामध्ये एक लाख एक सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् भने ४६ हजार २८९ जनाको हात खाली भएको छ । कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

हाइड्रोपावरको सेयरमा निष्काशन भएको कित्ताको अनुपातमा १८ गुणा बढी आवेदन परेको थियो ।

Logo