काठमाडौं

बारीमा उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन किसानले सडकबाट सरकारलाई दबाब दिन थालेका छन् । "/>

पीडित किसानको प्रश्न : बारीमा जाउँ कि खाडीमा जाउँ सरकार ?

पीडित किसानको प्रश्न : बारीमा जाउँ कि खाडीमा जाउँ सरकार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बारीमा उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन किसानले सडकबाट सरकारलाई दबाब दिन थालेका छन् । बुधबार तरकारी र दूध किसानले राजधानीमा अलग–अलग विरोधका कार्यक्रम गर्दै उचित मूल्य नपाउँदा समस्या परेको गुनासो गरेका छन् ।

बुधबार बिहान ६ देखि १० बजे सम्म कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा राजधानीका काँठ क्षेत्रका तरकारी किसानले विरोध कार्यक्रम गरेका छन् । कार्यक्रममा सहभागी अर्घाखाँची एग्रो, सीतापाइलाका सञ्चालक पुष्कर केसीले उचित मूल्य नपाउँदा किसानको श्रम खेर गएको बताए । ४० रोपनी क्षेत्रफलमा वार्षिक १ लाख किलो गोलभेँडा उत्पादन गर्दा पनि कहिल्यै श्रम अनुसारको मूल्य नपाएको उनको गुनासो छ । विरोध कार्यक्रममा केही किसानले ‘बारीमा जाउँ कि खाडीमा जाउँ सरकार’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

उनीहरूले लगत्तै किसान आयोग पुगेर भारततर्फ गोलभेँडाको निकासी रोकिएकोमा पनि चिन्ता जनाएका छन् । ‘अहिले गोलभेँडा निकासी रोकिएको छ,’ केसीले भने, ‘हामीले भारतबाट गोलभेँडा ल्याएर बिक्री गर्न हुने तर भारतले हाम्रो गोलभेँडा नलैजाने असमान व्यवहार तुरुन्त खारेज हुनुपर्छ ।’ एक साताअघि देखि काँकडभिट्टा नाकाबाट गोलभेँडा निर्यात हुन छाडेको छ ।

भारतले नेपालबाट आयात गर्ने कृषिजन्य वस्तुको सूचीमा गोलभेंडा नभएको भन्दै आयात रोकेको जानकारी भन्सार कार्यालयलाई दिएको छ । विरोधमा नेपाली तरकारी भारतले रोके, भारतको तरकारी पनि नेपाल सरकारले रोक लगाउनु पर्ने उनीहरूको माग छ । उचित मूल्य नपाए सडकबाट दबाबमूलक कार्यक्रम गर्ने किसानहरूले चेतावनी दिएका छन् । कालिमाटीमा करिब २ सय किसानले उचित मूल्य पाउनु पर्ने माग सहित प्रदर्शन गरेका छन् । अहिले स्थायी सरकार भएकाले दिगो नीति बनाएर कृषि उपजको मुनाफायोग्य मूल्य तोकिदिन किसानले माग गरेका छन् ।
नयाँ पत्रिकाबाट

Logo