काठमाडौं

नेपालले कुल वस्तु निर्यातबाट प्राप्त गरेको आम्दानी भन्दा दोब्बर बढी रकम बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । "/>

१० महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात !

१० महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालले कुल वस्तु निर्यातबाट प्राप्त गरेको आम्दानी भन्दा दोब्बर बढी रकम बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । पछिल्लो १० महिनामा ६६ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

१० महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको २३ लाख २ सय ९ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको हो । मुलुकमा आयात हुने वस्तु मध्ये इन्धन पहिलो नम्बरमा पर्छ । स्वदेशमा उत्पादन नहुने इन्धन आयात बापत मे महिना सम्म मुलुकबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बाहिरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयात दर समेत बढ्दै गएको हो । मुलुकमा आयात हुने वस्तु मध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले बढी मूल्यको इन्धन आयात भएको हो ।

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएकाले पनि इन्धन आयातदर बढ्दै गएको उनको भनाइ छ । ११ महिनामा सबैभन्दा धेरै डिजेल १३ लाख ५५ हजार ४ सय ८४ किलोलिटर आयात भएको छ । सो अवधिमा ४ लाख २३ हजार ९ सय २४ किलोलिटर पेट्रोल आयात भएको निगमको तथ्यांक छ । १ लाख ७६ हजार ३ सय ६० किलोलिटर हवाई इन्धन र १९ हजार ९६ किलोलिटर मटीतेल भित्रिएको छ । यस्तै ३ लाख २५ हजार ३ सय ७५ टन खाना पकाउने एलपी ग्याँस आयात भएको छ । नेपालमा सतप्रतिशत इन्धन आयात भारतबाटै हुने गर्छ ।
कारोबारबाट

Logo