काठमाडौं

मुलुकमा झन्डै ९२ लाख जनाले स्मार्टफोन बोक्ने गरेका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांक अनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्र रुपमा बढिरहेको छ । "/>

देशका ९२ लाख नागरिकका हातमा स्मार्टफोन

देशका ९२ लाख नागरिकका हातमा स्मार्टफोन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मुलुकमा झन्डै ९२ लाख जनाले स्मार्टफोन बोक्ने गरेका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांक अनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्र रुपमा बढिरहेको छ ।

एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार उसको नेटवर्कमा झन्डै ५६ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गरिरहेका छन् । प्रतिवेदन अनुसार एनसेलका कुल ग्राहक संख्या एक करोड ६४ लाख पुगेका छन्, जसको ५६ प्रतिशत भनेको ९१ लाख ८४ हजार हुन आउँछ ।

त्यस्तै सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहक एनसेल भन्दा झन्डै ५ लाख बढी छन् । ग्राहकको संख्या झन्डै समान हुँदा स्मार्टफोन प्रयोगकर्ताको संख्या पनि उस्तै देखिन्छ । नेपालमा सञ्चालनमा रहेका ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनी मध्ये नेपाल टेलिकम र एनसेलको बजार हिस्सा ९४ प्रतिशत छ ।

नेपाल टेलिकमले आफ्नो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) रिपोर्टमा स्मार्टफोन ‘पेनेट्रेसन’ को संख्या उल्लेख नगर्ने भए पनि ९२ लाख भन्दा धेरै नै स्मार्टफोन प्रयोगकर्ता भएको जनाएको छ । पछिल्ला दिनमा चिनियाँ मोबाइल हेन्डसेट देखि अन्य मेबाइल सेटको संख्यामा उल्लेख वृद्धि हुँदा स्मार्टफोन प्रयोगकर्ताको संख्या तीव्ररुपमा बढेका टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए ।
नागरिकबाट

Logo