काठमाडौँ

वैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीमा युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन् । "/>

वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी

वैदेशिक रोजगारी : १० महिनामा ८३ करोड ठगी दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वैदेशिक रोजगारीमा जाने युवा ठगीने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीमा युवाले आफूहरूसँग ८३ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन् । चालु आवको वैशाख मसान्तसम्म १७ सय ४४ युवाले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् । वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको विभागका प्रवक्ता उद्धव रिजालले जानकारी दिए । उजुरी दिनेको संख्या बढ्दो क्रममा छ । विभागमा सबैभन्दा बढी व्यक्तिगत ठगीका उजुरी परेका छन् ।

‘व्यक्तिगत ठगीको तुलनामा म्यानपावर कम्पनीको ठगी कम छ’, उनले भने, ‘म्यानपावरको ठगी पनि विगत भन्दा बढी नै छ ।’ विभागका प्रवक्ता रिजालका अनुसार चालु आर्थिक वर्षको १० महिनामा म्यानपावर कम्पनीले ठगेको भन्दै आठ सय ५५ जना कामदारले उजुरी दिएका छन् । म्यानपावर कम्पनीबाट ठगीमा परेका कामदारले विभागमा २५ करोड ८४ लाख रुपैयाँको दाबीसहित उजुरी दिएका छन् ।

यसमा वैशाख महिनामा मात्रै म्यानपावर कम्पनीबाट आफूहरू ठगीमा परेको भन्दै ८६ जनाले उजुरी दिएका छन् । यसैगरी पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि निरन्तर बढिरहेका छन् । १० महिनामै व्यक्तिगत ठगी तर्फ आठ सय ८९ उजुरी परेका छन् । व्यक्तिगत ठगीमा परेका कामदारले आफूहरूसँग ५७ करोड ५५ लाख रुपैयाँ ठगी भएको दाबी सहित उजुरी गरेका छन् ।

ठगी दाबी सहित परेको उजुरीमा विभागले हालसम्म १६ करोड ९७ लाख रुपैयाँ रुकम कामदारलाई उपलब्ध गराएको छ । यसमा चालु आवको १० महिनामा व्यक्तिगत ठगीतर्फ एक सय ६५ वटा उजुरी विभागले छिनोफानो गरेकोे छ । विभागले व्यक्तिगत ठगीतर्फ छिनोफानो गरेका उजुरीबाट कामदारलाई १२ करोड ५७ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
अन्नपूर्णबाट

Logo