काठमाडौं

व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेका छन् । व्यवसायीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्ट देखि नै विभिन्न प्रकारका उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । "/>

बजेट कार्यान्वयनमा नआउँदै दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

बजेट कार्यान्वयनमा नआउँदै दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेका छन् । व्यवसायीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्ट देखि नै विभिन्न प्रकारका उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । थोक बिक्रेताले सरकारले बजेट मार्फत करको दायरा बढाएको तर्क गर्दै चामल, खानेतेल, दाल, गेडागुडी, चिनी लगायत वस्तुको मूल्यवृद्धि गरेका छन् । कर सम्बन्धी आएको नयाँ नीति आगामी साउन देखि कार्यान्वयनमा आउनेछ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार बजेट आएपछि थोक बिक्रेताले प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य १० देखि एक सय ५० रुपैयाँ सम्म वृद्धि गरी सामान बजारमा पठाएका छन् । थोक बिक्रेताले सबै प्रकारका खाने तेलमा प्रतिलिटरमा १५ देखि २० रुपैयाँ मूल्य बढाएका छन् ।

बजेट अघि सम्म एक सय १५ रुपैयाँ मूल्य रहेको सोयाबिन (भटमास) को तेलको मूल्य अहिले एक सय ३० रुपैयाँ पु¥याइएको छ । यस्तै एक सय २० रुपैयाँमा पाइने सनफ्लावरको तेलको मूल्य एक सय ३५ मा पुगेको छ । एक सय २० रुपैयाँको तोरीको तेलको मूल्य वृद्धि गरी एक सय ४० पु¥याइएको छ । यसैगरी प्रतिकिलो एक सय १५ मा बिक्री भएको वनस्पति घिउलाई अहिले एक सय ३५ रुपैयाँ कायम गरिएको छ ।

संघका अनुसार बजेटमा करको दायरा बढ्दैछ भनेर उद्योगीलाई पहिले देखि थाहा थियो । त्यही जानकारीका आधारमा खानेतेल उत्पादन गर्ने उद्योगीले बजेट आउनुपूर्व करिब डेढ साता सम्म उत्पादन गरेका तेल बजारमा नपठाएर उद्योगमै थन्क्याएका थिए । बजेट आइसकेपछि करको दायरा वृद्धि गरेको वहानामा उद्योगीले कार्टेलिङ गरी खाने तेलको मूल्यवृद्धि गरी पहिले नै उत्पादन भएको तेल बजारमा पठाएका हुन् ।

‘थोक बिक्रेताले बजेटमा करको दायरा वृद्धि भएको बहानामा हामीलाई हरेक वस्तुमा १० देखि डेढ सय सम्म मूल्यवृद्धि गरी सामान उपलब्ध गराएको छ’, संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘थोकले जुन मूल्य हामीलाई उपलब्ध गराएको छ, त्यही मूल्यमा उपभोक्तालाई बिक्री गरेका छौं । थोक व्यवसायीका कारण बजेट कार्यान्वयनमा नआउँदै दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ ।’
अन्नपूर्णबाट

Logo