काठमाडौं

चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ । "/>

देशको बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक

देशको बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ ।

चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मुलुकको आर्थिक परिदृश्यमा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा १ खर्ब ३८ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५१ करोड थियो । अघिल्लो वर्षको १० महिनामा चालु खाता सात अर्ब ५७ करोडले घाटामा रहेकामा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई १९१ अर्ब दुई करोड पुगेको छ ।

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालु खातामा उच्च घाटा भएको हो । अघिल्लो वर्षको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब ९३ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार आव १० महिना सम्ममा कूल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई ६६ अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैंची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवा लगायत वस्तुको निर्यात बढेको तथा जिआइ पाइप, जुस, जुटको डोरी, उनी गलैँचा, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ ।

Logo