केही समय खर्च गर्ने अवस्था नहुन सक्छ, हामी वातावरण बनाउँदैछाैंः अर्थमन्त्री

केही समय खर्च गर्ने अवस्था नहुन सक्छ, हामी वातावरण बनाउँदैछाैंः अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुन पनि सक्ने बताएका हुन्। 

उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको बताए। उनले भने–‘अब विधेयक पारीत गर्न छलफल, वार्ता, सहमति हामी गरिराखेका छौँ। सहमति हुँदा त्यसलाई हामी सहमति अनुसार पारीत गर्छौं । नहुँदा नियमित प्रक्रिया पुर्याएर पारीत गर्छौं । पारीत गर्न केही समय ग्याप रह्यो भनेपनि त्यसपछि खर्च गर्ने हुन्छ। केही समय खर्च गर्ने अवस्था नहुन पनि सक्छ । तर हाम्रो कोसिस वार्ता, संवादतिर चलिराछ।’

अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यस अन्र्तगत कर उठिराख्ने पनि बताए।

Logo