६ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

६ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार स्थिर रहेको सुन आज ६ सयले बढेको हो। सोमबार ३ सयले बढेको थियो भने आइतबार ४ सयले घटेको थियो।

गत हप्ता सोमबार १ सयले घटेको थियो भने मंगलबार स्थिर थियो। बुधबार ७ सयले घटेको थियो। बिहीबार १ सयले घटेको थियो। यस्तै शुक्रबार १ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार २०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

Logo