बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७४ हजार ४ सयले पाए १० कित्ता

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७४ हजार ४ सयले पाए १० कित्ता

केन्द्रबिन्दु
0
Shares

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार विहान शेयर बाँडफाँट गरेको हो।

कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर कर्मचारीहरूलाई, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र सर्वसाधारणहरूलाई बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

कम्पनीमा कुल २० लाख ३० हजार ९५५ वटा आवेदन परेको थियो । उक्त माग गरेको आवेदनका लागि कुल २ करोड ४४ लाख ३७० कित्ता सेयरका लागि आवेदन गरेका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । 

क्यापिटलकाअनुसार स्वीकृत भएका २० लाख १४ हजार ९२२ जनाको आईपीओ सदर भएको थियो ।

त्यस्तै स्वीकृत आवेदनहरुमध्ये ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
 

Logo