बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उदघाटन

बाथरूम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उदघाटन

केन्द्रबिन्दु
0
Shares

विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रा.लिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ शोरुमको उदघाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरुमा नयाँ शोरुमको विस्तार गरेको हो । 

कम्पनीले श्री केई रंगनाथन, प्रबन्ध निर्देशक, रोका बाथरूम प्रोडक्ट्स प्रा.लिको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उदघाटन गरेको हो । ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०% को बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित छ। 

रोकासँग नेपालमा प्रिमियम बजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् । यी नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै आम जनतचाको विश्वास जित्ने लक्ष्य राखेको छ ।

Logo