त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ।

४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीमा राखेको हो। अल्पसूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ। त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनिया र नारायणप्रसाद बेलवासे रहेका छन्।

त्यसैगरी प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि अल्पसूचीमा परेका छन्। उनीहरुमध्येबाट अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस गर्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने तयारीस्वरुप त्रिविको रिक्त उपकुलपति पदमा आवेदन माग गरिएको थियो।

Logo