मध्यपश्चिमका उपकुलपति सिंहलाई वर्ष उत्कृष्ट उपकुलपति अवार्ड

मध्यपश्चिमका उपकुलपति सिंहलाई वर्ष उत्कृष्ट उपकुलपति अवार्ड

केन्द्रबिन्दु
112
Shares

काठमाडाैँ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहले यस वर्षको उत्कृष्ट उपकुलपति अवार्ड पाएका छन्। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्य वर्ष उत्कृष्ट रजिष्ट्रार पाएका हुन्।

कलेज रिडर्सद्वारा आयोजित सम्मान तथा अवार्डमा प्रोमिसिङ भाइस चान्सलर अफ दि इयरतर्फ काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापा सम्मानित भएका छन्।

यस्तै प्रोमिसिङ रजिष्ट्रार अफ दि इयरतर्फ पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर दीपकबहादुर भण्डारी सम्मानित भएका छन्। उत्कृष्ट घोषित उपकुलपति र रजिष्ट्रारहरूलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुरस्कृत गरेका हुन्।

Logo