फाल्गुन २८ गते गर्ने भए विद्यार्थीले धमलालाई हमला

फाल्गुन २८ गते गर्ने भए विद्यार्थीले धमलालाई हमला

केन्द्रबिन्दु
3.3k
Shares

हिमालयन टक्सले करिब डेढ वर्षदेखि अन्तर्क्रिया कार्यक्रम गर्दै आएको छ । यस संस्थाले विभिन्न क्षेत्रका विद्धान, दिग्गज र विज्ञलाई कार्यक्रममा बोलाई वैद्धिक, रचनात्मक, श्रृजनशिललगायत मनोरञ्जन कार्यक्रम गर्दै आएको छ र भविष्यमा पनि गर्दै जाने प्रतिवद्दता जनाएको छ । यसका मुख्य संस्थापक सुप्रीम गिरी हुन् ।

उनी हाल उच्च शिक्षाका लागि अमेरिका गएका छन् । यस अर्थमा हाल अरु टिमले नेपालमा कार्यक्रम गर्दैछ र गिरीले पनि अमेरिकाबाटै नैतिक समर्थन जनाएका छन् । हाल यस संस्था मिलेन्द्र शर्मा, गगन आचार्य, मुकेश पाण्डे, ईश्वर प्रसाद गुरागाँई लगायतका टिमले चलाउँदै आएको छ ।

हिमालयन टक्सले यसपटक भने “विद्यार्थीसँग धमला” नामक अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । नेपाली पत्रकारिता क्षेत्रका वरिष्ठ पत्रकार, प्राइम टाइम टेलिभिजनका सञ्चालक, रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला ज्यूलाई मुख्य आकर्षणका रूपमा यही फाल्गुन २८ गते सोमबारको दिन ट्रिटन कलेजमा यस कार्यक्रम हुनेछ ।

कार्यक्रम ग्याल्पो ल्हाेसारको दिन बिहान ९ बजेबाट सुरु हुनेछ ।

कार्यक्रममा प्रि-इभेन्ट र पोस्ट इभेन्ट पनि हुनेछ । प्रि-इभेन्ट र पोस्ट इभेन्टमा भने नाचगानलगायत मन्तब्य राख्ने आयोजकले जनाएको छ । ऋषि धमलासँगको कार्यक्रमको समय अवधिभर टी. एन. भट्ट मध्यस्थकर्ता हुनेछन् । कार्यक्रममा धमलाले आफ्ना भोगाइ, पत्रकारिता, राजनीति, कलाकारिता लगायतका विषयमा बोल्नेछन् भने उनलाई विद्यार्थीले प्रश्नाेउत्तर गर्नेछन् ।

आयोजकका अनुसार कार्यक्रम निकै उपलब्धिमूलक र रमाइलो हुने जनाइएको छ ।

यस कार्यक्रममा सिसिए कलेज, टेच स्पाइर कलेज, सरल शिक्षा, प्रिन्ट संसार, यूटिसी, नेपाली पात्रो, प्राइम टाइम टेलिभिजन र ट्रीटन कलेज जोडिएका छन् । कार्यक्रम भने कोटेश्वरस्थित ट्रिटन कजेलमा सोमबार २८ गते ठीक ९ बजेबाट सुरु हुनेछ । यस कार्यक्रममा जो कोही पनि आएर सहभागि हुन सकिनेछ भने आउने व्यक्तिले धमलालाई प्रश्न सोध्न पनि पाउने छन् ।

Logo