न्याप्स सिड्नी क्याम्पसले पायाे स्नातक तहमा ‘सोसियल वर्क’ पढाउन क्राइकस स्वीकृति

न्याप्स सिड्नी क्याम्पसले पायाे स्नातक तहमा ‘सोसियल वर्क’ पढाउन क्राइकस स्वीकृति

केन्द्रबिन्दु
476
Shares

अस्ट्रेलियाको सिड्नीमा अवस्थित ‘नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) को सिड्नी क्याम्पसले स्नातक तहमा ‘सोसियल वर्क’ पढाउन क्राइकस स्वीकृति प्राप्त गरेको छ ।

क्राइकस कोड अस्ट्रेलियाली शिक्षण संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न स्वीकृत पाठ्यक्रमहरूको लागि दिइने एक विशिष्ट पहिचान सङ्ख्या हो। यो स्वीकृति प्राप्त गरे सँगै अब न्याप्स सिड्नी क्याम्पसले स्नातक तहमा ‘सोसियल वर्क’ (बि.एस.डब्ल्यु) मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न आवश्यक मापदण्ड पूरा गरेको छ।

क्राइकस स्वीकृति प्राप्त गरेपछि न्याप्स सिड्नीका ‘रिजनल मार्केटिङ म्यानेजर’ मुकेश धमलाले यो अत्यन्तै महत्त्वपूर्ण उपलब्धि भएको र यसले क्याम्पसको उच्च गुणस्तरीय शिक्षा र विश्वभरका सामाजिक विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई ज्ञान दिने प्रतिबद्धता जनाए । न्याप्स सिड्नी क्याम्पसको बि.एस.डब्ल्यू कार्यक्रम (CRICOS Code: 116109A) विद्यार्थीहरूलाई विभिन्न सामाजिक कार्यहरूमा अर्थपूर्ण प्रभाव पार्न आवश्यक सीप र ज्ञान प्रदान गर्न डिजाइन गरिएको उनको भनाइ थियो।

क्राइकस स्वीकृति प्राप्त गरेर आफूहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वागतको ढोका खोल्न तयार भएको उनले बताए । यसले आफूहरूको क्याम्पस समुदायलाई विविध दृष्टिकोण र अनुभवहरूले समृद्ध बनाउने उनको विश्वास थियो।

क्राइकस स्वीकृति प्राप्त गरेको भए पनि ‘अस्ट्रेलियन एसोसिएसन अफ सोसियल वर्कस’ (ए.ए.एस.डब्ल्यू) बाट कलेजको यो कार्यक्रमले मान्यता प्राप्त गर्न बाँकी रहेको धमलाले बताए । आफूहरू उक्त मान्यताका लागि पनि काम गरिरहेको र छिटै प्राप्त हुने विश्वासमा रहेको उनको भनाई थियो। ।

न्याप्स सिड्नीमा हाल ‘ब्याचलर अफ अकाउन्टिङ’ तथा ‘ब्याचलर अफ इस्लामिक बिजनेस’ अध्यापन भइरहेको छ । साथै कलेजले थप नयाँ विषयहरू भित्र्याउन र अर्को धेरै खोजिने स्थानमा नयाँ क्याम्पस खोल्ने तयारी गरेको छ।

न्याप्स सन् २०२१ मा सञ्चालन अनुमति पाएको निजी क्षेत्रको उच्च शिक्षा प्रदायक संस्था हो। यसका सञ्चालक नेपाली मूलका अस्ट्रेलियन व्यवसायी मात्रिका बिमली तथा अधिवक्ता सुमन भेटवाल रहेका छन्। साथै अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा नेतृत्वदायी भूमिका निभाइसकेका व्यक्तित्वहरू पनि सञ्चालक समितिमा रहेका छन्। सोही समूहले अस्ट्रेलियामा अन्य ३ वटा भोकेसनल कलेज पनि सञ्चालन गरिरहेको छ।

Logo