उद्धार र राहतका काममा सुरक्षा संयन्त्र सक्रिय

उद्धार र राहतका काममा सुरक्षा संयन्त्र सक्रिय

केन्द्रबिन्दु
54
Shares

काठमाडौंं । अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवं संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकले वर्षाबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्ने तथा उद्धार एवं राहतका कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री लेखकले अवरुद्ध सडक यथाशीघ्र खुलाउनेतर्फ विशेष ध्यान दिन निर्देशन दिए । “विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएका छन्”, उनले भने ।

काठमाडाैं उपत्यकामा आज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले सात सय ५० जनाभन्दा बढीको उद्धार गरेको गृहमन्त्री लेखकले जानकारी दिए ।

Skip This
Skip This
Logo