एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीद्वारा आयाेजित ‘एस उद्यमशील यात्रा २०२४’ सम्पन्न

एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीद्वारा आयाेजित ‘एस उद्यमशील यात्रा २०२४’ सम्पन्न

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको ‘एस उद्यमशील यात्रा–२०२४’ सम्पन्न भएकाे छ । विभिन्न क्षेत्रका उद्यमीहरूको सहभागितामा आयाेजना रहेकाे यस कार्यक्रममा विद्यार्थीलाई उद्यमशील बनाउन सकिने विषयलाई समेटेर प्रशिक्षण दिइएको थियो ।

विद्यार्थी सुदीक्षा दुवाका अनुसार कार्यक्रममा विद्यार्थीहरूलाई सफल उद्यमी कसरी बन्ने साथै आफ्नो व्यवसायिक यात्राको बारेमा विभिन्न क्षेत्रका उद्यमीहरूले सुनाएका थिए । ‘यो विषयमा हामीले प्यान डिस्कशन गरेका थियौं, प्यानमा सहभागी उद्यमीहरूले सफल उद्यमी कसरी बन्ने, आफ्ना अनुभव चुनौती आदिको बारेमा बताउनु भएको थियो,’ उनले भनिन् ।

विद्यार्थीलाई आगामी दिनमा उद्यमी बन्न सहजता होस् भनेर यस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवाल, हिवेलयाका सीई‍ओ प्रणयना केसी, अफरिङ ह्यापिनेशका सह–संस्थापक सन्तोष पाण्डे र भिगेन डायरी नेपालका संस्थापक काजोल सेठियाको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न कलेजका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियाे । विद्यार्थीलाई उद्यमीहरूले रिक्स मेडिकेसन, बिजनेस प्यान डेभलपमेन्ट, कस्टुमर भ्यालिडेसन र अन्य थुपै विषयमा जानकारी दिएका थिए ।

Skip This
Logo