‘कांग्रेस-एमाले गठबन्धन प्रतिगामी, प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने भए राजीनामा उचित’

‘कांग्रेस-एमाले गठबन्धन प्रतिगामी, प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने भए राजीनामा उचित’

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले कांग्रेस–एमालेले भ्रष्टाचारका फाईलको डरसँगै परिवर्तन् उल्ट्याउने योजनासहित गठबन्धन गरेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार मुद्धाबाट आत्तिएका काँग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धी उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘एमालेले सहकारी र एन्जीओ मार्फत लुट मचाएका नेता–कार्यकर्ता जोगाउन र कांग्रेसका हाईप्रोफाईलका मान्छे खोरमा जाने डरले यो अवस्ता निम्ताएको हो ।’

बिंडारीले मन्त्रालयको संख्या घटाउनु पर्ने, समानुपातिक प्रणालीलाई नहटाई प्रतिनिधि सभा सदस्यको संख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्माक प्रणालीमा लग्नु आवश्यक रहेको भन्दै त्यो संविधान संशोधनबाट सम्भव रहेको बताए ।
प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने तथा जनताको लागि महत्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिंडारीको सुझाव छ ।

Skip This
Skip This
Logo