डा. धवलशमशेर राणासहित १८३ नेता कार्यकर्ताले एकैपटक छाडे राप्रपा [सूचीसहित]

डा. धवलशमशेर राणासहित १८३ नेता कार्यकर्ताले एकैपटक छाडे राप्रपा [सूचीसहित]

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी छाडेका छन् ।

महामन्त्री डा.धवलशमशेर राणासहित शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले सामूहिक रुपमा राप्रपा परित्याग गरेका हुन् । राप्रपा विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको उनीहरुकाे आराेप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजसंस्था पूनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भए जबकि संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन ।’

Logo