एस इन्सिटच्युट अफ म्यानेजमेन्टद्वारा आयोजित ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट सुरु

एस इन्सिटच्युट अफ म्यानेजमेन्टद्वारा आयोजित ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट सुरु

केन्द्रबिन्दु
224
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजकाे आयाेजनामा हुन गइरहेकाे नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट सुरु भएको छ ।

२८ सेप्टेम्बरमा भृकुटीमण्डपमा आयोजना हुने यस इभेन्टका लागि आजबाट विभिन्न १० वटा विधामा सव-इभेन्टहरु सुरु भएको हो । यो इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुन्छ ।

यस इभेन्टका लागि देशभरका कलेजबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । आज पहिलो दिन, ब्यान्ड प्रतियोगिता भएको थियो । जसमा भोटिङका आधारमा छनोट हुने टप ३ ब्यान्डले २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा हुने इभेन्टमा राष्ट्रिय स्तरका कलाकारहरु अभिष्कार केसी, श्रिगो, पहेलो बत्ती मुनी, सुसान्त घिमिरे, रचना दाहाल र जोन चाम्लिङ राईसँग पर्फम गर्ने मौका पाउनेछन् ।

ब्यान्ड प्रतियोगिता मात्रै होइन, आगामी दिनमा नृत्य प्रतियोगिता, फेशन शो, टीभीसी/डीभीसी, स्टक सिमुलेसन, स्ट्रेस इन्टरभ्यू, किव्ज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता पनि हुनेछन् । जसमा पनि भोटिङकै आधार टप ३ छनोट हुने इभेन्टका अर्गानाइजर पायसमान बुद्धाचार्यले जानकारी दिए ।

एस इन्सिटच्युट अफ म्यानेजमेन्ट नेपालको प्रमुख शैक्षिक संस्थाहरुमध्ये एक हो, जसले युवाहरुको प्रतिभा विकास गर्न र नवीनता र उत्कृष्टताको भावना जगाउन समर्पित रहँदै आएको छ । ‘एस एक्सप्रेसन्स २०२४’ले पनि विद्यार्थीहरुलाई सिक्ने, बढ्ने र उत्कृष्टता हासिल गर्ने अवसरहरु प्रदान गर्ने कलेजकाे विश्वास छ ।

Logo