चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चलचित्र  ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र  ‘के घर के डेरा’को ३ मिनेट १८ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो । दयाहाङ राई र विपिन कार्कीको प्रमुख भूमिका रहेको ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई प्रस्तुत गरिएको छ । 

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको पटकथा तथा संवाद महेश दवाडीको हो । चलचित्रमा दयाहाङ र विपिनका अलवा सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकाल बाल कलाकारलगायतको पनि अभिनय छ ।

Logo