नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय–समयमा विभिन्न नवीनतम सेवाहरु विस्तार गर्ने कुरा पनि यथावत् नै छ ।
हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवा अब प्रयोगकर्ताहरुलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको छ । अब इसेवाबाट प्रयोगकर्ताहरूले बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको व्यावसायिक कर्जा सजिलै प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंक लिमिडेट र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई इजी लोन नाम दिइएको छ ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरुलाई उपलब्ध हुने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।
इजी लोनको बारेमा उनले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने कुरामा पनि विश्वस्त पारे । भुक्तानी प्रदायक सेवाको रुपमा प्रख्यात इसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू पनि प्रदान गर्ने नयाँ आयाम #BeyondPayments को थालनी भएको घोषणा गरेको छ ।
प्रतिक्रिया