आलियाको ‘एचएन रिलायन्स फाउन्डेशन हस्पिटल’ मा डिलिवरी हुने

आलियाको ‘एचएन रिलायन्स फाउन्डेशन हस्पिटल’ मा डिलिवरी हुने

केन्द्रबिन्दु
0
Shares

यहि वर्ष अप्रिल १४का दिन विवाह बन्धनमा बाँधिएका रणवीर कपुर र आलिया भट्ट चाँडै नै आफ्नो पहिलो सन्तानलाई स्वागत गर्न तयारी अवस्थामा छन् । 

‘ब्रह्मास्त्र’ अभिनेत्री आलिया भट्टको बेबी शावर समारोह उनकै घरमा गरिएको थियो, जसका धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । रिपोर्टका अनुसार आलिया भट्ट आगामी महिनाको कुनै पनि समयमा आमा बन्न सक्छिन् । पिंकभिलामा प्रकाशित रिपोर्टका अनुसार आलिया भट्टले नोभेम्बर अन्तिम वा डिसेम्बरको सुरुमै आफ्नो पहिलो बच्चालाई जन्म दिनेछिन् । 

उनी नजिकका स्रोतका अनुसार अभिनेत्रीको डिलिवरीका लागि अस्पतालमा उनको नाम दर्ता भइसकेको छ । आलिया नामको कोठा पनि बुक गरिसकेको छ । रिपोर्टका अनुसार आलियाले एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा आफ्नो बच्चालाई जन्म दिनेछिन् । यो अस्पताल मुम्बईको गिरगाममा रहेको छ । 

Logo