गायक ईन्द्र कार्की र समिक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गित सार्वजनिक

गायक ईन्द्र कार्की र समिक्षा अधिकारीको स्वरमा ‘बुलेट पड्काउँदै’ गित सार्वजनिक

केन्द्रबिन्दु
14
Shares

गायक ईन्द्र कार्की र चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा “बुलेट पड्काउँदै” गित सार्वजनिक भएको छ। भिमफेदी गाईज टिमको र आभा थापाको अभिनय रहेको सो गित भिमफेदी गाईज अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। 

स्वयम् ईन्द्र कार्कीकै शब्द रचना रहेको उक्त गितमा उनलाई रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ्ग, लक्ष्मी स्याङ्ताङ्ग, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन्।

त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गितको संगित तथा सङ्गीत संयोजन सुन्दर लामाले गरेका छन्। पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको सो भिडियोलाई निर्मल लामा (बिजी) ले निर्देशन गरेका हुन्।

२०५३ सालमा उदयपुरको बाराहा गाविस हाल लिम्चुङ्गबुङ  गाउंपालिकामा जन्मिएका गायक कार्की लामो समयदेखि नेपाली गित-संगित क्षेत्रमा साधनारत छन्। यसअघि उनले “आफू त गाउँले अल्लारे, सलल बग्ने कोशीको पानी, ऐंसेलु दानाले” लगायत आधा दर्जन गीत बजारमा ल्याईसकेका छन्।

 

Skip This
Logo