ऋतिक रोशनको फाइटरको पहिलो दिनको कमाई २५ करोड

ऋतिक रोशनको फाइटरको पहिलो दिनको कमाई २५ करोड

केन्द्रबिन्दु
0
Shares

मुम्बई । ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ। समीक्षकदेखि दर्शकसम्म फिल्मको तारिफ भइरहेको छ। फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ। फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो।

यसैबिच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ। जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेका छन्। तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ।

सैकनिल्ककाअनुसार ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको फिल्म फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यी वर्तमान अनुमानित तथ्याङ्क हुन्, जुन भविष्यमा परिवर्तन हुन सक्छन्।

तर, यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ। किनभने, वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने बैंग ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो। फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो।

Logo