‘तेरी बातों में ऐसा उलझा जिया’मा ‘रोबोट’ बनिन् कृति सेनन

‘तेरी बातों में ऐसा उलझा जिया’मा ‘रोबोट’ बनिन् कृति सेनन

केन्द्रबिन्दु
0
Shares

मुम्बई । बलिउडकी राष्ट्रिय अवार्ड विजेता अभिनेत्री कृति सेनन एकपटक पुनः आफ्नो दमदार अभिनयको दम देखाउन जाँदैछिन् । उनी नयाँ फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’मा उनी ‘सिफरा’ नामको रोबोट चरित्रमा देखिँदैछिन् ।

यो भूमिकासँगै कृति सिल्भर स्क्रिनमा रोबोटको भूमिका निर्वाह गर्ने बलिउडको पहिलो अभिनेत्री बनेकी छन् ।

फिल्मको हालै सार्वजनिक ट्रेलर र गीतमा जुन झलक देखाइएको छ, त्यो हेर्दा कृतिले आफ्नो भूमिकालाई जटिलताबाट सहज रुपमा प्रस्तुत गरेको देख्न सकिन्छ ।
फिल्ममा उनले रोबोट चरित्रबाट खाना पकाउने, अनौठो आचरण अपनाउने, प्राविधिक अनुहारबाट भावना व्यक्त गर्ने, पछाडि झुक्ने र कैयौं अन्य क्षणमा आफू दक्षता देखाउने काम गरेकी छन् ।

कृतिले यो फिल्ममा रोबोटको भूमिका निर्वाह गर्नु उनको बहुमुखी प्रतिभालाई प्रस्तुत गर्नु रहेको फिल्म विश्लेषकले विश्लेषण गरेका छन् ।

फिल्म ‘मिमी’मा सरोगेट आमाको भूमिका निर्वाह गरेर दर्शकको माया पाएकी कृतिले ‘तेरी बातों में ऐसा उलझा जिया’मा पनि रोबोटको चरित्रबाट त्यस्तै माया पाउने आशा गरिएको छ ।

अमित जोशी र आरधना शाहको निर्देशकीय डेब्यू रहेको फिल्ममा कृतिसँगै शाहिद कपुर, धर्मेन्द्र, डिम्पल कपाडिया, राकेश वेदीको अभिनय छ । फिल्म आगामी फेब्रुअरी ९ मा रिलिज हुँदैछ ।

Logo