गायनमा परिणीति,दिँदैछिन् पहिलो लाइभ प्रस्तुति

गायनमा परिणीति,दिँदैछिन् पहिलो लाइभ प्रस्तुति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। बलिउड अभिनेत्री परिणीति चोपडाले आफ्नो पहिलो सांगितिक लाइभ गर्ने भएकी छन्। उनले आइतबार आफ्नो इन्स्टाग्राम हेण्डलमा गीत गाउने अभ्यास गर्दै गरेको भिडियो क्लिप राख्दै आफू त्यसका लागि तयारी अवस्थामा रहेको जनाउ दिएकी हुन्।

भिडियोमा उनलाई हेडफोन र माइकका साथ देख्न सकिन्छ । केही क्लिपमा उनलाई गीत गाउँदै गरेको पनि देख्न सकिन्छ। दृश्यको पृष्ठभूमिमा नुसरत फतेह अली खानको ‘धुन सासों कि माला’ बजिरहेको सुन्न सकिन्छ। ‘मेरो आत्मादेखि मञ्चसम्म चाँडै’,उनले क्लिपसँगै क्याप्सन लेखेकी छन्।

गत जनवरी २५ मा उनले संगीतको दुनियाँमा पाइला चाल्ने घोषणा गरेकी थिइन्। उनले यो निर्णय आफ्ना लागि एक नयाँ अध्याय भएको र संगीत यात्राका लागि आफूले भाग्यशाली महशुस गरेको बताएकी थिइन्। उनले सन् २०१७ मा फिल्म ‘मेरी प्यारी बिन्दु’ लागि गाएको गीत ‘माना के हम’को एक भिडियो शेयर गर्दै आफू गायन क्षेत्रमा आएको घोषणा गरेकी थिइन्।

सन् २०११ मा फिल्म ‘लेडीज वर्सेज रिकी बहल’बाट अभिनयमा पाइला चालेकी परिणीति पछिल्लोपटक अक्षय कुमारका साथ फिल्म ‘मिसन रानीगन्ज’मा देखिएकी थिइन्। उनको आगामी फिल्म ‘चमकिला’ हो । यो फिल्ममा उनी दिलजीत दोसांझका साथ देखिँदैछिन्। यो फिल्म पञ्जाबमा आधारित छ। जहाँ दिलजीतले अमर सिंह चमकिलाको भूमिका निभाएका छन्। परिणीति उनकी साथी अमरजोतको भूमिकामा छिन्। जसलाई सन् १९८८ मा उनका व्याण्डका दुई सदस्यसँगै गोली हानी हत्या गरिएको थियो।

Logo