गितारिष्ट र फुटबलर बन्न चाहन्छन् तैमुर

गितारिष्ट र फुटबलर बन्न चाहन्छन् तैमुर

केन्द्रबिन्दु
112
Shares

मुम्बई। बलिउड जोडी सैफ अली खान र करिना कपूर खानका जेठा छोरा तैमुर अली खान पापराजीका प्रिय स्टार किड हुन्।

उनी जन्मिएदेखि नै उनका तस्वीरहरु सामाजिक सञ्जालमा चासो र चर्चाका विषय बनिरहेका छन्। सैफ र करीनाले तैमुरलाई आफूहरु जस्तै लोकप्रिय सेलिब्रेटीको बाटोमा ल्याउन चाहेका छैनन्, त्यही भएर पनि उनीहरु पापराजीका अगाडि तैमुरलाई लुकाउने प्रयास गरिरहन्छन्।

अहिले तैमुर सात वर्षको भइसकेका छन्। उनी अहिले स्कुल जान्छन् र खेलकुद गतिविधिमा सक्रिय छन्। सैफ र करिनाका अनुसार तैमुरले आफ्नो करियरको बाटो रोजिसकेका छन्।

हालै एक अन्तरवार्तामा सैफ र करिनाले तैमुर र उनी भविष्यमा के बन्न चाहन्छन् भन्ने बारे खुलाएका छन्। करिनाका अनुसार तैमुर आफ्ना अभिभावकको बाटोमा हिँड्ने मनस्थितिमा छैनन्। उनको भनाईलाई समर्थन गर्दै सैफले तैमुरले भविष्यमा लिड गिटारिस्ट र फूटबलर बन्ने इच्छा व्यक्त गरेका छन्।

‘तैमुर अर्जेन्टिना गएर टिमका लागि फुटबल खेल्न चाहन्छ। ऊ लियोनल मेसीको फ्यान हो। उसले हालैमात्र फुटबलमा हार व्यहोरेको छ’, सैफले भनेका छन्।

Logo