दोश्रो ‘राष्ट्रिय आदिवासी म्यूजिक तथा फिल्म अवार्ड’ जेठ पहिलो साता हुने

दोश्रो ‘राष्ट्रिय आदिवासी म्यूजिक तथा फिल्म अवार्ड’ जेठ पहिलो साता हुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। दोश्रो ‘राष्ट्रिय आदिवासी म्यूजिक तथा फिल्म अवार्ड २०८१’ को तयारी सुरु भएको छ। क्वालिटी फिल्मसले आगामी वर्षको जेठको पहिलो साता आयोजना गर्न लागेको अवार्डका लागि बुधबारबाट फारम खुला गरिसकेको छ।

फिल्मसका अध्यक्ष उमेश गुरुङका अनुसार अवार्डका लागि आदिवासी जनजाति तथा गैरआदिवासीसमेतले तयार गरेको गीत, संगीत तथा फिल्मले आवेदन दिन सक्नेछन्। ‘तर सम्बन्धित फिल्म तथा गीत संगीतले आदिवासी जनजातिको संस्कृति समेटेको हुनुपर्नेछ’ उनले भने। आयोजकले फारम शुल्कवापत एक हजार रुपैयाँ तोकेको छ।

अवार्डमा २०७९ चैतदेखि २०८० चैत मसान्तसम्म प्रकाशित तथा प्रसारित गीत, संगीत तथा फिल्मका कलाकार, प्राविधिक र सम्बन्धित विधाले अवार्डमा सहभागीता जनाउन पाउनेछन्।

अवार्डमा गीत र संगीततर्फ गीत, गायक, गायिका,नवगायक-नवगायिका,गीतकार, संगीत संयोजक, संगीतकार, म्युजिक भिडियो निर्देशक,नवमोडल पुरुष-महिला, छायाकार, सम्पादक, श्रृङ्गार, भेषभूषा, मिक्सिङ र वाद्यवादनलगायतका विभिन्न विधा रहेका छन्।

त्यस्तै फिल्मतर्फ फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, चरित्र अभिनेत्री, खलनायक, संगीत संयोजक, संगीतकार, गीतकार, गायकगायिका, छायाकार, सम्पादक, पाश्र्व संगीतकार, श्रृंगार, भेषभूषा, रंग संयोजन लगायतका विधा छन्। उल्लेखित विधामा आवेदकले निवेदन दिन सक्नेछन्।

Logo