मल्लिका कार्कीले ल्याइन् ‘गाजले’ [भिडियाे]

मल्लिका कार्कीले ल्याइन् ‘गाजले’ [भिडियाे]

केन्द्रबिन्दु
84
Shares

गायिका मल्लिका कार्कीको ‘गाजले’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिस कार्कीले संगीत भरेका छन् । साथै राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ ।

कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापाको अभिनय छ । भिडियोमा हरि हुमागाईंको डीओपी, मित्र डी गुरुङको सम्पादन रहेको छ ।

एल्बम ‘मल्लिका’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका मल्लिका कार्की गायक उदित नारायण झासँग गाएको गीत ‘लाजको लाली पोतेर आइदेऊ न’ बाट श्रोता दर्शकमाझ चिनिएकी थिइन् । उनका ‘यति धेरै मान्छेहरूको भीडमा’, ‘तिमीले नसम्झिँदा माया’, ‘जति टाढा भो, उति गाढा भो’, गायक कुमार सानुसँगको ‘नयाँ जीवन’ जस्ता गीत बजारमा चर्चित छन् ।

Logo