रंगकर्मी अनुराको ‘भाग्य लक्ष्मी’ प्रसारण सुरु

रंगकर्मी अनुराको ‘भाग्य लक्ष्मी’ प्रसारण सुरु

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलिचलचित्र ‘भाग्य लक्ष्मी ’ को प्रसारण सुरु भएको छ ।

पारिवारिक तथा सामाजिक बिषय बस्तुमा केन्द्रित रहेर लेखिएको यो शृंखला २२ चैत्रबाट प्रसारण सुरु भएको छ । यो टेलिचलचित्र हरेक बिहिवार बेलुका ७ बजे नेपाल टेलिभिजन र ७:३० बजे युट्युव च्यानल मी टिभी साथै ८:०० बजे युट्युव च्यानल इएच डिजिटलबाट प्रशारण हुने निर्देशक अनुरागले जानकारी दिए ।

टेलिचलचित्रमा राम बाबू रेग्मी, अस्मिता बस्नेत, सन्तोष सिवाकोटी, ईच्छा सिंह, श्रीकृष्ण थापा, लक्ष्मण पौडेल, सन्तोष थापा, सुमन बिष्ट, नबराज पनेरू, सिर्जना भूजेललगायतका कलाकारको अभिनय छ । इच्छा सिंहको मुख्य सहायक निर्देशन रहेको यो टेलिशृंखलामा मदन कस्यप घिमिरे छायांकन तथा क्यामारुन मियाँको सम्पादन रहेको छ । शशीविक्रम थापाको शीर्ष गीत रहेको ‘भाग्य लक्ष्मी’ मा निदेश अधिकारी निर्माता हुन् भने उक्त टेलिचलचित्र मी टिभीको प्रतुतीको रहेको छ ।

निर्देशक अनुरागको अर्को टिलिचलचित्र ‘खहरेघाट’ सोही नेपाल टेलिभिजनमै सनिवार राती ९:३० बजे प्रशासण हुदैछ ।

Logo