फिल्म ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक, काे-काे छन् कलाकार ?

फिल्म ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक, काे-काे छन् कलाकार ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु अँटेका छन्।

उनीहरू आ-आफ्नो चरित्रमा देखिएका छन्। पोस्टरकोबीच भागमा आर्यन छन्। पलले बन्दुक बोकेका छन्। अभिनेत्री परीक्षा दुई चुल्ठी बाटेकी चुलबुले युवती देखिएकी छन् भने अञ्जना जिम्मेवार महिला देखिएकी छन्। लामो कपालमा रहेका प्रदीप हाफ पाइन्ट (जाँगे) लगाएका छन्।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ।

फिल्ममा दिनेश राउतको निर्देशन छ। उनले यही शुक्रबार फिल्म हल र डिजिटल रूपमा टिजर सार्वजनिक गर्ने बताए। विकास सुवेदीको लेखन रहेको फिल्ममा सुवास भुसालको निर्माण छ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, हिमाल केसीको द्वन्द्व छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म आरआर फिल्मसले वितरण गर्दैछ।

Logo