‘राई इज किङ’ राजेशपायल राई पुगे दुबई, शनिबार मच्चाउँदैछन् धमाका

‘राई इज किङ’ राजेशपायल राई पुगे दुबई, शनिबार मच्चाउँदैछन् धमाका

केन्द्रबिन्दु
13.8k
Shares

नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’ले परिचित गायक राजेशपायल राई दुबई पुगेका छन् । यही २९ जुन अर्थात् भोलि शनिबार आयोजना हुने ‘राजेशपायल राई लाईभ इन दुवई’मा प्रस्तुती दिन उनी शुक्रबार बिहान दुबई पुगेका हुन् । उनलाई विमानस्थलमा आयोजक टिमले भव्य स्वागत गरेको छ ।

दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लवमा रातको १० बजेदेखि बिहान ४ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन् । जसमा सबैको मन जित्न सफल ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत उनले छुटाउने छैनन् ।

उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै पनि कसुर बाँकी नराखिएको आयोजकले बताएको छ । ‘स्टेज किङ’का रुपमा समेत चिनिएका राजेशपायल राईले यस कार्यक्रममा पनि धमाका मच्चाउनेमा दर्शक ढुक्क छन् ।

नेपाली सांगीतिक क्षेत्रका एकमात्र मेगास्टार राजेशपायल राई वर्ल्ड टुरकै क्रममा दुवई पुगेका हुन् । अब उनी युके र क्यानडाको यात्रा गर्नेछन् । दुवईबाट उनी सिधै युकेतर्फ प्रस्थान गर्नेछन् । सिसेक्पा तङ्नामको अवसरमा जुलाई १३ तारिखका दिन युकेमा ‘राजेशपायल राई लाईभ कन्सर्ट’ आयोजना हुँदैछ । यस्तै, जुलाई २० मा क्यानडामा हुने आफ्नो कार्यक्रमका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Logo